त्रिवि शिक्षण अस्पतालमा बेवारिसे शवको चाङ – Aajako Khabar: आजै अनि ताजै
काठमाडौँ, ३ चैत, त्रिवि शिक्षण अस्पतालमा बेवारिसे शवकाे उचित व्यवस्थापन हुन सकेकाे छैन । निश्चित स्थान र आवश्यक उपकरण नहुँदा बेवारिसे शवकाे व्पवस्थापनमा समस्या भइरहेकाे छ । अस्पतालकाे बेवारिसे शव राखिने उपकरण बिग्रिएर थन्किएकाे महिनाै भयाे तर हालसम्म पनि यसकाे मर्मत हुन सकेकाे छैन ।
फरेन्सिक मेडिसिन विभागमा डेढ सय बढी बेवारिसे शव छन् भने दैनिकजसाे नयाँ बेवारिसे शव थपिने गर्छ । तर निश्चित ठाउँ र आवश्यक उपकरण नहुँदा शव व्यवस्थापनकाे समस्या बढ्दै गएकाे विभागका प्राध्यापक डा. हरिहर वस्तीले बताए । उनी भन्छन्, ”बेवारिसे शव व्यवस्थापनकाे यहाँ भयकंर ठुलाे समस्या छ । न निश्चित ठाउँ छ न आवश्यक उपकरण छ ।”
बेवारिसे शवकाे व्यवस्थापन बारे गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पटक-पटक जानकारी गराइएकाे उनकाे भनाई छ । तर सुनुवाई भएन । सरकारले बेवास्ता गरे पनि अन्तर्राष्ट्रिय रेडक्रस साेसाइटीले बेवारिसे शव राख्नका लागि कुल च्याम्बर निर्माण गरेकाे थियाे । तर त्याे पनि बेवारिसे शवकाे व्यवस्थापन नहुँदा भरिसकेकाे वस्तीले जानकारी दिए । ”सरकारलाई त हामीले पटक पटक जानकारी गरायाै तर कसैले आजसम्म याे समस्याकाे सम्बाेधन गरेन । तर आइसीआरले कुल च्याम्बर बनाइदियाे तर त्याे पनि पुरा भरिसकेकाे छ”, उनले भने । उनी थप्छन्, ”डेढ दुई सय शव राख्न सकिने कुल च्याम्बरहरु भूकम्पपछि बनाइदिएकाे हुनाले शवहरु थुपार्नसम्म सकेका छाै । तर जहाँसम्म मलाई लाग्छ याे कुरा राज्यलाई थाहा छैन ।”
यस अघि विभागले बेवारिसे शव अस्पताल परिसरमै रहेकाे जग्गामा गाड्ने गर्थ्याे । तर त्यहाँ पनि नयाँ भवन निर्माण हुने भएपछि शव व्यवस्थापनकाे समस्या झन् बढ्दै गएकाे छ । हुन त अस्पतालकाे आग्रहमा प्रहरीले बेवारिसे शव जलाउने गर्छ । तर बेवारिसे शवलाई पुरा विवरणसहित निश्चित स्थानमा गाड्नुपर्ने वस्ती बताउँछन् । भन्छन्, ”वेवारिसे शवलाई गाड्न कम्तीमा सुरक्षित स्थानकाे आवश्यक पर्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार शव जलाउन हुँदैन । पुरा विवरणसहित सुरक्षित स्थानमा गाड्नुपर्छ ।”
तस्विर: सांकेतिक
[ad_2]