राष्ट्रिय परिवार याेजना सम्मेलन हुँदै – Aajako Khabar: आजै अनि ताजै

 

काठमाडौँ, ३ चैत, परिवार याेजनाकाे सेवा विस्तारका लागि काठमाडाै‌ंमा दुई दिने राष्ट्रिय परिवार याेजना सम्मेलन हुँदैछ । परिवार कल्याण महाशाखाले ‘परिवार याेजनाः सेवाकाे पहुँच बाहिर परेकाहरुलाई समेट्ने’ भन्ने नारासहित सोमबार र मंगलबार सम्मेलन गर्न लागेकाे हाे ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी परिवार याेजना कार्यक्रममा सबैकाे पहुँच बढाउन र सेवा विस्तार गर्दा अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गर्न सम्मेलन गर्न लागेकाे जनाएकाे छ । किशाेर किशाेरी तथा युवा, सीमान्तकृत समुदायमा परिवार याेजनाका साधनकाे प्रयाेग बढ्न नसकेकाे महाशाखाका निर्देशक डा. आर पि बिच्छाले बताए । सम्मेलनकाे उपप्राधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नेछन् । सम्मेलनमा चार सय बढी विज्ञकाे सहभागिता रहनेछ ।

सम्मेलनमा २४ माैखिक प्रस्तुतीकरण र २८ वटा पाेस्टर प्रस्तुती हुनेछन् । १९९६ मा महिलाकाे प्रजनन् क्षमता ४ दशमलव ६ प्रतिशत रहेकाेमा याे संख्या २०१६ मा घटेर २ दशमलव ३ मा पुगेकाे छ । हाल ५३ प्रतिशतले परिवार याेजनाकाे साधनकाे प्रयाेग गर्छन् । जसमध्ये आधुनिक साधन प्रयाेग गर्नेकाे संख्या ४३ प्रतिशत रहेकाे महाशाखाकाे तथ्यांक छ ।

[ad_2]

Source link

सम्बन्धित खवर

Back to top button