प्रतिष्ठानले भन्यो ‘लुट कान्छा लुट’ युट्युबबाट हटाउन नहुने
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत युट्युबबाट हटाउन जरुरी नरहेको ठहर गरेको छ ।
प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनी हुन् जसले गत वर्ष चुनावताका ‘सइँ पनि एमाले, मैपनि एमाले गीत गाएका थिए । शर्मा पनि सोही प्रतिष्ठानका उपाध्यक्ष हुन् ।
सत्तारुढ दलका कतिपय नेताको दबाबका कारण गायक शर्माले सो गीत युट्युबबाट हटाएको ठानिएका बेला प्रतिष्ठानको औपचारिक धारणा आएको हो ।
गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजनिक सञ्चार माध्याममा बारम्बार आइरहेकै भएको ठहर गर्दै प्रतिष्ठानले युट्युबमा फेरि राख्न आग्रह गरेको हो ।
त्यस्ता शब्द र आशय समाचार र लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड मान्य हुन नसक्ने बताउँदै जस्ताको तस्तै पुनः अपलोड गर्न अनुरोध गरिएको छ । भनिएको छ, ‘सार्वजानीक चासोको विषयलाई नै लोकले गीतको रुपमा स्वीकार गरिने हो ।