उद्योगी तथा व्यवसायीहरुले आन्दोलन फिर्ता गरेसँगै खाना पकाउने ग्यासको आपूर्ति सहज
काठमाडौं । गत शुक्रबारदेखि आन्दोलनरत ग्यास उद्योगी तथा व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता लिएसँगै अब बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति शुरु भएको छ ।
नेपाल आयल निगममा हिजो (मंगलबार) भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ । यो सँगै उद्योगीले भारतका ग्यास डिपोबाट ग्यास उठाउन शुरु गर्नेछन् ।
आपूर्तिमन्त्री मातृका यादवको उपस्थितिमा भएको वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने र ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनको लागि मार्गचित्र बनाउन उच्चस्तरीय समिति बनाउने सहमति भएको छ ।
ढुवानी भाडा र कमिसन बढाउनुपर्ने लगायतका मागसहित उद्योगीरव्यवसायीले शुक्रबारदेखि ग्यासको पीडीओ लिन छाडेका थिए ।