१९ अंकले उकालो लाग्दै नेप्से

काठमाडौँ ।   नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भई ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ । जसको बजार मुल्य ३१२ रुपैयाँ रहेको छ ।

त्यस्तै यस दिन सर्वा््िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्र्वािधक गुमाउनेमा राद्यी जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ९३ प्रतिशतले घटेको छ ।

सम्बन्धित खवर

Back to top button