तस्वीर आफै बोल्छ
काठमाडौंं । मान्छे भित्रको संस्कार हरायो भने पक्कै पनि उ जंगली स्वभावको निस्कन्छ । कुन समय र स्थानमा के गर्नुपर्छ भन्ने हेक्का हुँदैन । चान्स पाए जे पनि गरिदिन्छ।
यदि नैतिकता नै हरायो भने जे गरे नि खासै फरक पर्दैन । हैन भने मानवता छ, नैतिकता र आचरणलाई ख्याल गर्ने हो भने हरेक कुराको सीमा हुन्छ । के गर्ने वा नगर्ने भन्ने कुराको सामाजिक नियम हुन्छ । त्यो नियम भनेको आत्मानुशासन अनुसार पालना गर्नु पर्दछ ।
तस्वीर आफै बोल्छ- पिउने प्रयोजनको लागि किनेर ल्याएको जारको पानी यसरी खुट्टा धुनु नैतिकताले दिने कुरा हो होइन भन्ने कुरा नै प्रमुखताका साथ हेरिने विषय हो । उखान नै छ “मान्छेको बानी सित्तैमा पाए चार माना चुक पनि रित्याइदिन्छन् ।”