मलाई जिताउँन तपाइँहरुको साथ चाहिएको छ, सेयर गरेर सबैसामू पुर्याइदिनुस्ः प्रितम आचार्य

इटहरी ।  भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन । नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो ।प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए । प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् ।

सारेगमपाले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए । ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए । त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन् ।

सम्बन्धित खवर

Back to top button