३० गीतका गायक अटो ड्राभर (हेर्नूस् भिडियो कथा)
बारा । करिब ३० ओटा गीत गाइसकेका गायक मानौ उनि कोहि होइनन एउटा अटो ड्राइभर बाहेक । गीत संगितको साधनामा सक्रिय रहेका एक गायक हुन भनेर पत्याउनै मुस्किल । बारा जिल्लाको सुवर्ण गाउँपालीका ४ हर्दिया घर भएका रन्जन राम भोजपुरी गायक हुन् । हर्दियाबाट कलैयासम्म प्राय उनको अटो चलिरहन्छ । अटो चलाउदै गीत गुनगुनाई रहन्छन रंजन । हर्दियाको दलित बस्तिमा रहेको सानो घर पनि हावाहुरीले उडाएर लग्यो । अहिले उनको १२ जनाको परिवार त्रिपाल मुनि बस्न विवश छन् ।
आर्थिक अवस्था निकै कमजोर भएकै कारण रंजनले इच्छा हुँदा हुँदै पनि गीत रेकर्ड गराउन सकेनन् । एकातिर गीत संगितको मोह बढ्दै गयो अर्काे तिर उनिमाथी पारिवारिक जिम्मेवारी पनि बढिरह्यो र त रन्नजन १८ बर्षकै कलिलो उमेरमा देशको माटो छोडेर मलेसिया तर लागे । ४ बर्ष मलेसिया बसेर फर्किएका रन्जनलाई गीत संगितको मोहले भने कहिल्यै छोडेन । थोरै पैसा कमाएर नेपाल फर्किन बित्तिकै उनले पहिलो गित रेकर्ड गराए ।
उनले हालसम्म करिब ३० को हाराहारीमा गीत गाइसकेका छन् । गीत रेकर्ड गराउँदा गराउँदै लाखौ पैसा खर्च गरिसकेका छन् । तर दुखको कुरा भन्नु पर्छ आजसम्म उनले गीत गाएर एक पैसा पनि कमाउन सकेका छैनन् । दिनभरी अटो कुदाएर कमाएको पैसाले आफ्नो परिवार धानिरहेका रंजन बचेको केहि पैसा जम्मा गर्दै गीत रेकर्ड गराईहाल्छन । आजसम्म भोजपुरी गीत मात्रा गएका उनले चाडै नेपाली गीत गाउने समेत बताएका छन् । नेपाली गीत गाएर देश विदेशमा बस्ने तमाम नेपालीको माया पाउने रहर उनीभित्र धेरै नै छ । सफलताको शुभकामना ।
हेर्नुस भिडियो कथा