हृदयविदारक दृश्य, ससुराली गएका श्रीमानको ढुङ्गाले हानेर हत्या


पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । श्रीमती ३९ वर्षीय मङ्गला कुमाल ले ढुङ्गा प्रहार गरी सोमबार ४० वर्षीय लोकबहादुर कुमालको हत्या गरेकी हुन् ।श्रीमती ले ढुङ्गाले हानेपछि घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । तर त्यहाँ पुग्न लगत्तै उनको मृत्यु भएको हो अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ ।
मङ्गला प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।यो पनि पढ्नुस कास्की – कास्कीको ओखरबोटमा मंगलबार ढुंगा प्रहारबाट एक जनाको हत्या भएको छ । माछापुच्छ्रे गाउँपालिका-७, ओखरबोटका ६५ वर्षीय सन्ते विकले स्थानीय ५२ वर्षका गोरे भनिने मानकाजी विकको हत्या गरेका हुन् । बिहान १० बजे नातिनीलाई विद्यालय पुर्याएर फर्कने क्रममा बाटो कुरेर ढुङ्गाले हानेर सन्तेले उनको हत्या गरेका हुन् ।



हत्यारा सन्ते विक मृतकका भिनाजु हुन् ।उनीहरुबीच पहिले पनि सामान्य झगडा हुने गरेको स्थानीयको भनाइ छ । हत्या आरोपमा सन्ते विक पक्राउ परेका छन् भने घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीका डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।