श्रीमान भन्दै परपुरुषसँग तीन दिनदेखि लजमा बस्दै आएकी कल्पना मृत फेला

सर्लाही  ।  सर्लाहीको मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत फेला परेकी छन् । बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएको बताइएको छ । सँगै रहेका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र महिलाको मृत्युको कारणबारे केही नखुलाइएको बताइएको छ ।

 

सम्बन्धित खवर

Back to top button