पत्याउनै नसकिने कटु सत्यः आफ्नै आमाले गरिन नाबालक छाेराको हत्या-भिडियो


काठमाडाैं । यो एउटा अपवाद र हृदयविदारक घटना हो । जसले सबैको मन जस्स छुन्छ । एउटा २२ महिनाको नाबालको आफ्नै आमाको हातबाट खुकुरीले टुक्रा-टुक्रा पारी विभत्स हत्या हुनु धेरैको कल्पनाभन्दा बाहिरको कुरा हो । झट्ट सुन्दा पत्याउन नसकिने तितो यथार्थ पनि हो । विश्वास गर्नै नसकिने कटु सत्य । भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो । हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ । तर यो बिचमा भोजपुरमा निकै दुखदायि घटना घटेको छ । कहिलेकाँही विश्वस नै गर्न नसकिने घटना घट्छन् । त्यस्ता घटना विरलै घट्दछन् । जो पत्याउन ज्यादै मुस्किल हुन्छ । त्यस्तै भएको छ भोजपुरमा पनि । यहाँको एक महिलाले आफ्नै २२ महिने छोराको हत्या गरेकी छिन् ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आज विहान आफ्नै २२ महिने छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै ३ वर्षीय छोरालाई अचानोमा राखी खुकुरी प्रहारगरी एक आमाले हत्या गरेकी हुन् । सम्झनाले आफ्नै कोखबाट जन्मिएका ३ वर्षीय छोरा सम्बोधन थपा माथी खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।



थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । भाेजपुर नगरपालिकाको पानीट्याङकीमा कोठा भाडा लिएर बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
हेर्नुहोस् भिडियो