भ्रष्टाचारको बिरुद्द आवाज उठाउदै आएका ज्ञानेन्द्र शाही पक्राउ    

 काठमाडाैं ।  पत्रकारलाई जथाभावी गालीगलौज गरेको आरोप मा बुधबार वीरेन्द्रनगर खुल्लामञ्चबाट ज्ञानेन्द्र शाही पक्राउ परेकाछन् ।गएकाे वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले प्रहरीमा उजुरी दिएको थियो । पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी घाइतेसमेत भएका छन् । घाइते हुनेमा प्रहरी निरिक्षक निरञ्जन घिमिरे, हवल्दार रामसागर बर्मा, प्रहरी जवान प्रकाश बुढा, जीतबहादुर बोहोरा र हस्त सिंह रहेका छन् । घाइते प्रहरीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीले शाहीलाई पक्राउ गर्दा सहयोग गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन् । बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेलामा पक्राउ गरिएको हो । आज त्यहाँ देउडा मेला समेत लागेको थियो ।‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’, उहाँले भन्नुभयो, ‘हामीले पाँच/छ जना पक्राउ गरेका छौँ ।

सम्बन्धित खवर

Back to top button