यस्तो कारूणिक घटनाः आफ्नै आमाले गरिन् नवजात शिशुको हत्या

सल्यान । दार्मा गाउँपालिका ३ बेरुखेत घर भएकी २५ वर्षीया आशा विकले परपुरुष सँगको सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी छिन् । विकले बुधबार राति घरमै बच्चा जन्माई छिमेकीले थाहा नपाउन भनि हत्या गरेर घर नजिकैको पाखोबारीमा गाडेकी थिइन् ।

नवजात शिशुको हत्याको खबर पाएपछि प्रहरीले आशा विकलाई पक्राउ गरेको र उनले हत्या गरेर गाडेको नवजात शिशुको शव उत्खनन गरेर पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेकी विकलाई अहिले इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले जानकारी गराए ।

सम्बन्धित खवर

Back to top button