नेपाली नोट काभ्रेको आइटी पार्कमा छापिने 

काठमाडाैं, १७ जेष्ठ ।  अहिलेसम्म विदेशमा छापिदै आएका नेपाली नाेटहरु स्वदेशमा छापिने भएकाे छ । पैसा छाप्ने मेसिन किन्न थालेसँगै नेपाल सरकारले रु १, ५, २०, ५०, १००, ५०० र १००० का नोटहरु आवश्यकता अनुसार स्वदेशमै छाप्ने तयारी गरेकाे हाे ।

काभ्रे जिल्लामा स्थापना हुने सेकुरिटी प्रेसबाट नाेटहरु छाप्ने तयारी रहेकाे जनाइएकाे छ ।अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते गरेको बजेट भाषणका अनुसार सरकारले फ्रान्सबाट रु २७ अर्बमा यो सुरक्षीत प्रेस खरीदगरी काभ्रेको आइटि पार्कमा प्रेस स्थापना गर्ने सरकारको योजना रहेको बताइएको छ ।

सम्बन्धित खवर

Back to top button