धनगडीमा चालकबाट निर्घात कुटिएकी लक्ष्मी रुँदै आइन मिडियामा – भिडियाे

धनगडी ।  बिच सडकमा एक महिलालाइ गाडी चालकले निर्घात कुटपिट गरेकाे भिडियाे यतिबेला सामाजिक संजालमा निकै भाइरल बनेकाे छ । महेन्द्रनगरमा घटेकाे याे घटनाकाे निन्दा यतिबेला सामाजिक संजालभरि भइरहेकाे छ भने गाडी चालककलाइ कडा कारवाही गर्नु पर्ने अावाज पनि उठिरहेकाे छ । सुक्रबार दिउसाे महेन्देनगरमा लक्ष्मी धनाडीलाई गाडी चालक गोकुल बोहराले कुटपिट गरेका थिए ।

धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर महेन्द्रनगर पुगेकी एकजना महिलालाई सवारी चालकले बिच सडकमै अपशब्द बोल्दै कुटपिट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको (विङ्गर गाडी) मालिका यातायातका चालक गोकुल बोहराले सडकमै महिलालाई दुब्र्यवहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । चालककले निर्धारित भाडा भन्दा बढि रुपया मागेकाे र दिन नमान्दा भएकाे विवादका क्रममा चालकले अपसब्द बाेलेपछि हात हालाहालकाे अवस्था अाएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिईएको जानकारी दिनुभयो ।उहाँले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैया भाडादर रहेपनि चालकले २ सय रुपैयाँ मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको जानकारी दिनुभयो । कुटपिट गर्ने चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button