satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

मोटरसाइकल चोरको काठमाडौं उपत्यकामा बिगबिगी

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
716
मोटरसाइकल चोरको काठमाडौं उपत्यकामा बिगबिगी

काठमाडाैं ।  पछिलो समय राजधानीलगायत देशका विभिन्न भागहरुमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भइरहेको छ । राजधानीमा मात्रै दैनिक १ देखि दुईवटा मोटरसाइकल हराइरहेको घटना प्रहरी र ट्राफिक समक्ष निवेदन दर्ता भइरहेको हुन्छ । अन्य सवारी साधनको तुलनमा मोटरसाइकल र स्कुटर अत्याधिक बिक्री हुने र धेरै हराउने सवारी साधनको रुपमा चिनिएको छ । सार्वजनिक क्षेत्रमा पार्किङ गरेर राखेका मोटरसाइकल र स्कुटर हराउने गरेको कुनै नौलो कुरा भएन् । तर आफ्नो घरको हाताभित्र गेटमा ताला लगाएर सवारी साधन लक गरेर राख्दा समेत चोरी भएको घटना छ ।

प्रहरीले मोटरसाइकल चोरीको घटनामा वृद्धि भएपनि सोचे अनुरुप चोरीको गिरोह पक्राउ गर्न सकिरहेको छैन । राजधानीबाट चोरी भएका मोटरसाइकल राजधानी बाहिरका जिल्लाहरुबाट छिटपुट मात्रामा भेटिने गरेको समेत पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रहरी प्रमुख उत्तम सुवेदीले राजधानीबाट मोटरसाइकल चोरीको घटना बढेसँगै मोटरसाइकल चोरका विरुद्धमा कडा रुपमा प्रस्तुत भएको जानकारी दिए ।

एसएसपी सुवेदीका अनुसार मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट फेरबदल गरेर चलाउने गरेको पाइएको छ । उनले भने, ‘राजधानीमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै चोरीको मोटरसाईकल राजधानी आसपासका जिल्लाहरुमा जाने गरेको पाइएको छ ।’ चोरीको सूचनाको आधारमा अरु जिल्लाका प्रहरीसँग समन्वयन गरिरहेको र चोरीको गिरोहलाई समाउन छुटै सिभिल प्रहरीको विशेष युनिटले काम गरिरहेको समेत उनले बताए । पटक–पटक विभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरु प्राय काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरको पालुङलगायतको स्थानहरुमा प्रयोग भइरहेको प्रहरीकै दावी छ । आर्थिक बर्ष ०७५/०७६ मा १ हजार ३४५ वटा मोटरसाइकल हराएको निवेदन ट्राफिक महाशाखामा दर्ता भएको पाइएको छ । तिमध्ये ३०४ वटा फेला परेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रुमुख बसन्त कुमार पन्तले मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको बताए । पक्राउ परेका मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरूले चोरीको मोटरसाइकल नेपालभित्रै १८ हजारदेखि २५ हजार सम्ममा बिक्री गर्ने गरेको प्रहरी स्रोतको दावी छ । मोटरसाईकल चोरी गर्ने गिरोह चोरी गर्दे जिल्ला बाहिर बेच्ने गरेका छन् । उनीहरुले दिउँसो एक वा दुई चार जनाको समूहमा विभाजन भई मोटरसाईकल पार्किङ, सवारी धनी र घरको पुन जानकारी गरेर मोटरसाईकल चोरी गरिरहेका छन् । प्रहरीका अनुसार चोरी गरेको मोटरसाइकलको नकली बिलवुक बनाई बेच्ने गरेको समेत खुलेको छ । मोटरसाइकल वा स्कुटर चोरी गरेपछि तुरुन्त नम्वर फेर्ने र स्वरुप परिर्वन गर्ने लगायतको काम हुने गरेको पाइएको छ ।

मोटरसाइकल चोरहरुलाई बेलाबखत प्रहरी मोटरसाइकलसहित पक्राउ पनि गर्दै आइरहेको छ तर सोचे अनुरुप मोटरसाइकल हराउने घटनामा भने कमि आएको छैन । मोटरसाइकल चोरलाई पछाउँदै बलम्वु प्रहरी मकवानपुरसम्ममहानगरीय प्रहरी प्रभाग बलम्वुले चोरीका दुई वटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी–१२ दोम्बुटोलस्थित गोलभेडा टहराबाट राजेश तामाङ र रेशम तामाङले पार्किङ गरी राखेको प्रदेश ३-०२-००१ प ४५६२ नम्बरको २२० सिसिको निलो कलरको पल्सर मोटरसाइकल र बा८९प ७५९८ नम्बरको २२० सिसिको निलो कलरको पल्सर मोटरसाइकल चोरी भएको १८ घण्टामै चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले चोरी भएको भन्ने प्राप्त सूचानाको आधारमा प्रहरीले मकवनापुर, पालुङस्थित वडा एरियामा लुकाइछिपाई राखेको भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरसँग समन्वय गरी खोजतलास गर्दा दुई वटा मोटरसाइकल सहित एक जनालाई पक्राउ गरिएको बताए । महानगरी प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नयाब उपरीक्षक कुमार विक्रम थापाले पछिल्लो समय चन्द्रागिरीमा मोटरसाइकल चोरीको घटना बढि रहेको भने सूचना प्राप्त गरेसँगै सिभिल प्रहरी खटाईएको बताए । बृत्त प्रमुख थापाका अनुसार चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताए । चन्द्रागिरीबाटै एक दर्जनभन्दा बढि मोटरसाइकल चोरीको घटनाको निवेदन प्रहरी समक्ष दर्ता भएका छन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर
अपराध

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

by सत्कार पोष्ट
0

दैलेख ३२ असार : दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि. सि. ले आज पत्रकार सम्मेलन गरि हिजो गुराँसमा भएको...

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

त्रिबिको हुबहु प्रश्नपत्र निर्माण गर्नेलाई ३ वर्षसम्म कार्वाही हुने

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

विद्यालयमा बि.ब्य.स. अध्यक्ष र प्रध्यानाध्यापकको आफुखुशी- विद्यार्थीको भबिस्य अन्धकार

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

शिवालय ने.क.पा. एमालेका नेताकार्यकर्ताबाट निर्वाचन आचारसंहिताको गम्भीर उलंघन

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.