जाजरकोट, जेठ १९ । जिल्लाको एक माद्यामिक विद्यालयलाई उच्च माद्यामिक बनाउन यहाँका स्थानीय युवाहरू जुटेका छन् । शिवालय गाउपालिका वडा नम्बर १ मा रहेकाे नेपाल राष्ट्रिय माध्यामिक बिध्यालयलाई शैक्षिक सत्र २०७६/७७ मा कक्षा ११-१२ सन्चालनका लागि स्थानीय युवा जुटेका हुन् । उच्च माद्यमिक विद्यालय सञ्चालनको लागि भाैतिक तथा आर्थिक अभाव देखिएपछि स्थानीय युवाहरू उक्त अभावलाई हटाउन लागि परेका हुन् । विद्यालयका अनुसार आर्थिक स्रोत जुटाउन विदेशबाट प्रेम बहादुर महातारा र जयबहादुर महातारा लागि परेका छन् ।
स्थानीयस्तरबाटै गाेपाल पुन ‘संगम’, पूर्ण समीर महतारा, बीरेन्द्र बहादुर पुन, भीमबहादुर पुन, माेहन पुन, नर बहादुर विक, इन्द्र पुन, चन्द्र पुन ‘चट्टान’, पृथ्वीबहादुर बुढा, दिलु पुन, कृष्ण पुन, बलबहादुर पुन, महेन्द्र पुन, कमल पुन लगायतका युवाहरू जुटिरहेका छन् ।
विद्यालयलाई तत्काल फर्निचर आवश्यक रहेको भएपनि पठनपाठनलाई व्यवस्थित गर्न उपर्युक्त शैक्षिक सामग्रीहरूको समेत अभाव रहेकाे विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर पुनले बताए । उनले भने ‘गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्ने भएकोले आर्थिक स्राेत समेत खाेज्नु पर्ने बेला भएको छ ।’ यस विद्यालयको संरक्षण, सम्बर्धन र प्रबर्दनमा स्थानियबासी, बुद्दिजिवि, एवम् विभिन्न संघ सस्थाहरुको पनि उत्तिकै भुमिका रहेको स्थानीय बताउँछन् । यो विद्यालय एउटा नमुना बिध्यालयको रुपमा परिचित हुँदै आयको छ । यसै शैक्षिक सत्र देखि नै यस बिध्यालयमा ११ र १२ कक्षा सन्चालन गर्नका लागि थुप्रै प्रयास भैरहेकाे पाइनछ । कक्षा ११ र १२ मा शिक्षा शास्त्र सङ्काय अन्तर्गत का बिषयहरु : गणित, अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र, स्वास्थ्य, जनसङ्ख्या, लगायतका विभिन्न बिषयमा पठनपाठन हुने र कक्षा ९-१२ सम्म प्राविधिक कृषि बिषय मा पठनपाठन हुने प्रअ पुन ले जनाएका छन् ।
नेरामावि जिल्लाकै नमूना स्कुल भएकाले यसकाे भविष्यप्रति चिन्तित रहेको विव्यस तथा वडा अध्यक्ष मानबहादुर पुनले बताएका छन् । उनले भने ‘यसलाई यहाँसम्म ल्याउने मेरै हात छ, अझैपनि मेरिमेटी सहयोग गरेकै छु । अझै यसको हितको लागि बाँचुन्जेल काम गर्नेछु ।’ स्कुल स्थापनाकाल देखि नै महत्वपूर्ण योगदान पुर्याउँदै आएको वुद्धिजिवी कहरसिंह महताराले बताएका छन् । उनले भने ‘यहाँका बालबालिका सीमा, कार्कीगाउँ, जुँगाथापाचाैर सम्म गएर अध्ययन गर्न बाध्य थिए, हाम्रै पहलमा अहले मावि सञ्चालनमा ल्याएपछि त्यो समस्या हल भएको छ, अब उच्च माविको लागि पनि पहल थालेका छाैं ।’
वि.सं. २०३२ सालमा स्थापना भई २०३३ सालदेखि सञ्चालनमा आएको थियो । सुरूमा प्रावि तहको लागि मात्रै जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको थियो । स्थानीयको पहल गरेपछि वि.सं. २०६७ साल देखि निम्न माद्यामिक तह सन्चालन गर्न जि.शि.काले अनुमती दियो । आफ्नै गाउघर र आफ्नै बिध्यालयमा आफ्ना छोराछोरिलाई पढाउनका लागि स्थानिय स्रोतसाधनको प्रयोग बाट २०६९ सालदेखि माद्यामिक तह (कक्षा ९-१०) सञ्चालन गर्न जिशिकाले अनुमति दियो । अहिले उच्च माविको लागि स्थानीय बासिन्दाले पहल थालेसँगै यहाँका युवाहरूले सक्रियता देखाएकाे स्थानीय समाजसेवी लालबहादुर महताराले जानकारी दिए ।
छिट्टै उच्च मावि सञ्चालनमा आएमा स्कुल नजिकै पर्ने छिमेकी जिल्ला सुर्खेतका घाेडेटा, सल्यानका बामे जाजरकोटकै छेडागाड नगरपालिका भित्रका बालबालिकाहरुलाई क्षिक्षाको पहुँचमा पुर्याउन सहयोग पुग्ने विद्यालयले जनाएको छ । साथै गरिव, असहाय विद्यार्थीले सहज र सरल रुपमा क्षिक्षा आर्जन गर्नका गर्न सक्नेछन् ।
विदेशबाटै सहयाेग रकम संकलन अभियान
आफ्नो देश छोडेर विदेशी भुमिमा पसिना बगाई रहेका थुप्रै सहयोगी हातहरुले आफ्नो देश, समुदाय, गाउँ-घरका आफ्ना ती कलिला बालबालिकाहरूको उज्वल भबिष्यका लागि विभिन्न मुलकबाट सहयोग गरिरहेका छन् । मलेसिया, कोरिया, साउदी, कतार र भारत लगायतका देशहरूबाट सहयाेग रकम जुटाइरहेकाे लोक गायक तथा स्थानीय युवा समाजसेवी प्रेम प्रतीक महताराले जानकारी दिएका छन् । यतिबेला उनी मलेसियामै छन् । महताराकै अगुवाइमा सामाजिक सन्जाल मार्फत उच्च मावि सञ्चालनका लागि सहयोग रकम संकलन अभियान, २०७५ फाल्गुन देखि थालिएको थियो । विदेशबाटै सहयोग रकम संकलन अभियान सञ्चालन गरि महत्वपूर्ण योगदान गरिरहेका छन् । उनले मलेसिया, कोरिया, साउदी र कतारबाट सहयोग रकम संकलन गरिरहेका छन् भने उनकै दाई जयबहादुर महताराले भारतबाट सहयोग रकम संकलन गरिरहेका छन् ।
कहाँबाट कति उठ्यो सहयोग रकम
उच्च मावि सञ्चालनका लागि विभिन्न मुलुकबाट १ लाख ३० हजार ६ सय २४ रूपैयाँ जम्मा भएकाे स्कुलले जनाएकाे छ । जसमध्ये रु. ९० हजार ३ सय २३ रुपैयाँ विद्यालयको खातामा जम्म भैसकेको छ भने ४० हजार ३ सय १ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्न बाँकी रहेको अभियान्ता महताराले बताएका छन् । उनका अनुसार विदेशमा काम गरिरहेका निम्न सहयोगी मनहरूबाट रकम जम्मा भएकाे हो ।
१. उमेश राई, सोलुखुम्बु रु. २७००
२. खगेन्द्र नेपाली, तेर्हथुम रु.१३५०
३. सुमन बुढाथोकी ” ” रु.१३५०
४. कमल लिम्बू तप्लेजुङ रु.१३५०
५. राजकुमर गुरुङ सङ्खुवसभा रु.२७००
६. गोपाल बि सि सुर्खेत रु.२७००
७. प्रदिप हमल ठकुरी, सुर्खेत रु. २७००
८. बिजय राना, सुर्खेत रु.२७००
९. रङ्ग खत्री रु.२९९७
१०. बल बहादुर बाठा, जाजरकाेट रु.५४००
११. अजय चौधरी, कैलाली रु. २७००
१२. बल बहादुर पुन, जाजरकाेट रु ६७५०
१३. बिरेन्द्र कुमार राना रु. ४८६०
१४. कृष्ण पुन रु. ९७२०
१५. प्रेम प्रतीक महतारा रु. ९७२०
१६. दसरथ महतरा रु. ५४००
१७. महेन्द्र बहदुर सिंह रु. १३५०
१८. कमल रावत, बर्दिया रु. २०००
१९. भिम रोकय जाजरकाेट रु. १६००
२०. रमेश विकल साहित्य, जाजरकाेट रु. ४०००
२१. डिल्ली पुन, सल्यान रु. ५४००
२२. दिपक सोनि, जाजरकाेट रु. १६००
२३.कर्ण सङ्गम जाजरकाेट रु. ४०००
२४. मान ब. पुन रु. ४०००
२५.गोबिन्द पुन मगर रु. ३२००
२६.रिदम सोनि रु. १६००
२७.हरि ब. महतारा रु. २०००
२८. लोकेश बि सि रु. २०००
२९.लाल ब. पुन जाजरकाेट रु. १६००
३०. गोबिन्द बिसि रु. १६००
३१. राज तिवर, भारत रु. ८००
३२. जय बहदुर महातारा, जाजरकाेट रु. ३२००
३३. नरेश कुमर राणा रु. १७७७
३४. विश्व शर्मा रु. ४०००
३५. दिलिप भाट रु. ८००
३६.अ्मित बुढा मगर रु. ४०००
३७ सागर बाठा रु. ८००
३८. राजकुमार पुन रु. ४०००
३९. मान्सिङ रसाइली, बाँके रु. १०००
४०. राजु बुढा, सुर्खेत रु. ८००
४१.कर्ण राज बाठा रू. ३२००
४२. बिरु माया बि क रू. ३२००
४३.दिपक राना रु. २०००