बिहे गर्न दबाव दिएपछि प्रेमिकाको हत्या


बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.१ भुझौलीकी १८ वर्षकी सवनम निशाको हत्यामा उनकै प्रेमीको संलग्नता रहेको खुलेको छ । सवनमका प्रेमी एवं छिमेकी असरुद्धिन मुसलमानले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बिहे गर्न दबाव दिएपछि प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३० गते मृत अवस्थामा भेटिएकी निशालाई असरुद्धिनले अन्य दुई जनाको सहयोगमा हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृृदय थापाले जानकारी दिए ।


