भूकम्प आउँछ भन्दै सन्त्रास फैलाउने ‘ज्योतिषी’ पक्राउ


काठमाडौं । यही जेठ महिनामा नेपालमा ठूलो भूकम्प जान्छ भन्दै अफवाह फैल्याउने एकजना ‘ज्योतिषी’ लाई प्रहरीले पक्राउ गरेको छ। आफू ठूलो ज्योतिषी भएको दाबी गर्दै नेपालमा महाभूकम्प आउने भन्दै सन्त्रास फैलाएको भन्दै ३६ वर्षीय अर्जुन क्षेत्रीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
भूकम्म आउने नाममा सर्वसाधरणमाथि त्रास फैल्याएको आरोप प्रहरीले उनीमाथि लगाएको छ। क्षेत्रीले नेपालमा फेरि महाभूकम्प आउने ठोकुवासहित युट्युब च्यानलमा अन्तरवार्ता दिएका थिए । मितिसमेत तोकेर उनले जेठमै महाभूकम्प आउने बताएपछि सर्वसाधरण आक्रोशित भएका थिए।



क्षेत्रीले अफवाह फैल्याएपछि गौशालाबाट पक्राउ गरी हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।