पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घट्यो


काठमाडौं : नेपाल आयल निगमले आजबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाँले घटाएको छ। निगमका अनुसार पेट्रोलको प्रतिलिटर १ रुपैयाँले घटाइएको हो। जसअनुसार अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्नेछ।
अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ । मूल्य समायोजनपछि हुने पाक्षिक नाफा भने निगमले सार्वजनिक गरेको छैन।



सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक मर्मतसम्भारको प्रयोजनार्थ पेट्रोलियम पदार्थबाट प्रतिलिटर एक रुपैयाँ कर उठाउने निर्णय लिएसँगै जेठ १५ गते आयल निगमले मूल्य बढाएको थियो।