प्रितमले चिनाउदै छन् संसारभरी देशको नाम – भिडियो

काठमाडाैं : भारतकाे चर्चित सिंगिङ रियालिटि शाे ‘सारेगामापा’ मा धमाका मच्चाईरहेका नेपालका प्रितम आचार्यकाे चर्चा देश बिदेशमा निकै भईरहेकाे छ । ईटहरी नेपाटबाट भारतमा पुगेका प्रितमले अडिसन देखीका कुनै प्रस्तुतिमा कमजाेर प्रस्तुति दिएका छैनन् ।

अडिसनमै अत्याधीक रुचाईएका प्रितमककाे गायन कलालाई जज, जुरीजज तथा अतिथीहरुले पनि निकै तारिफ गर्ने गरेका छन । पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतले भारतीय रियालिटी शोमा आफ्नो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् ।

प्रितमको प्रस्तुतीबाट जज मन्त्रमुग्ध भए भने जुरी लगायतका टिमबाट उनले स्ट्याण्डिङ ओभिएसन नै पाए । त्यतीमात्र होईन उनले जुरीबाट शतप्रतिशत नै नम्बर ल्याई चार्टबस्टर पफर्मेन्स दिए । यो आफैमा प्रितामका लागि ठुलो सफलता हो । लाखौ प्रतिस्पर्धीमाझ आफ्नो ट्यालेन्ट देखाउदै प्रितम धमाका मच्चाइरहेका छन् । यस अघिको एउटा एपिसोडमा पनि ११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए । ब्याक टु ब्याक चार्टबस्टर पफर्मेन्स दिइरहेका प्रितमलाई सरेगमपको बिजेताको दाबेदारका रुपमा पनि चर्चा गर्न थालिएको छ ।
हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button