आयो मनै छुने गीतः रंगाशाला निर्माण अवरोधपछि कलाकार राेएको -भिडियो

काठमाडाैं : सितराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ९सुन्तली०को विषयमा तयार पारिएको गीत सार्वजनिक भएको छ।सार्वजनिक गीतमा दिपेन्द्र डाँगीको शब्द, संगीत तथा स्वरमा रहेको छ । गीतमा देश निर्माण तथा सामाजिक काम जस्तो पवित्र काममा कसैले पनि अवरोध नगर्न अनुरोध गरिएको छ। डिजिटल लाइभ नेपालबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन हरि डिले गरेका हुन् भने राजेश विसीको कोरियोग्राफी रहेको छ ।

देशकै गौरवको काम बनिरहेको बेला स्थानीयले गरेको अवरोधलाई सामाजिक संजालमा निकै आलोचना गरिएको छ भने धेरैले यो बिषयमा आफ्नो धारणा समेत ब्यक्त गरेका छन् । देश बिदेशमा रहेका नेपालीको सहयोगले बन्न लागेको उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई देशको गरिमा बोकेको र महत्वपुर्ण कामको रुपमा धेरैले लिएका थिए । देशमा क्रिकेटले केहि आशा जगाइरहेका बेला जनस्थरबाट नै किकेट रंगशाला बनाइनु पर्ने आवाज उठेको बेला धुर्मुस सुन्तलीले यो काम आफुले गर्ने घोषणा गरेका थिए ।

चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणमा अवरोध आएपछि मार्मिक गीत सार्वजनिक भएको हो ।केही दिनअघि रंगाशाला निर्माणका लागि लगाइएको बार भत्काएपछि त्यसको चौतर्फी विरोध भएको थियो। रंगाशाला निर्माणमा आएको अवरोधले धुर्मुस सुन्तली जस्ता सामाजिक अभियान्तालाई अफ्ठ्यारोमा पारेको भन्दै गीत बनाइएको हो। धुर्मस सुन्तलीको साथमा रवि लामिछाने, रमेश प्रसाईँजस्ता सामाजिक अभियन्ताहरुको बारेमा मार्मिक ढंगले गीत तयार पारिएको छ।
हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button