धनगढी : कैलाली र कंचनपुरमा बिहिवार राती आएको हावाहुरिका कारण ठूलो क्षति भएको छ। कैलालीमा २ जनाको मृत्यु भएको छ भने दुबै जिल्लामा १०९ जना घाइते भएका छन्। कैलालीको टिकापुर नगरपालिका २ मा परखाल लागेर लाहनु डगौराको मृृत्यु भएको छ।
गाेेदावरि नगरपालिका ८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ। पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालककाे मृत्यु भएको हो। घाइते अधिकाशकाेे सेती अस्पतालमा उपचार भइरहेकोछ।
हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा ३३ जना घाइते भएका छन्। गम्भीर चारजनालाई उपचारका लागि भारत र नेेेपालगन्ज पठाइएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै जिल्लामा विद्युत भने अवरुद्ध छ ।