अशोक दर्जीले गरे गीतमा माेडेलिङ ‘सिम्पल सिम्पल’ – भिडियो

काठमाडाैं : पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जी मोडेलको अभिनयमा पनि देखिएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका अशोक सिम्पल सिम्पल गीतमा ए आर बुढाथोकीसंगै अभिनयमा देखिएका छन् । गीतमा एआर र अशोकले आफ्नी प्रेमिकालाई बाईकमा राखेर घुमाएको सिन यस अघिनै चर्चामा आईसकेको थियो ।

टंक बुढाथोकी र कबिता सिवाकोटीको स्वर रहेको यो गीतमा भिम बिस्ट शिशिरको सब्द र संगीत रहेको छ भने श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ । गीत सुक्रबार दिउसो टंक बुढाथोकीको अफिसियल युत्युब च्यानलमा मार्फत् सार्वजनिक भएको छ । मन बिनाको धन ठुलोकी धन बिनाको मन गीत गाएर निकै चर्चामा आएका अशोकले त्यसपछि टंक बुढाथोकी र एआर संगै चौरीको चाम्रो छुर्पी गीत गएका जुन निकै चर्चामा आएको थियो । तर अशोकको दोश्रो गीतका रुपमा हिलोमा फुलु रेकर्ड भएको थियो जसमा उनका साथी भुइकटरको अभिनय रेको थियो ।

सडकमा गीत गाउदै हिड्ने अशोक एकाएक चर्चामा आएका हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। निम्न वर्ष परिवारमा हुर्किँदै गरेको दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धान्थे। उनी भाइरल भएपछि थुप्रै मिडियाहरूले उनको अन्तर्वार्ता लिए र उनले ती अन्तर्वार्ताहरुमा आफ्नो प्रतिभापनि देखाएका थिए। पछिल्ला समय उर्लाबारीको फोकस टिभीको अन्तर्वार्तामा उनले आफ्नो प्रस्तुती दिएको थियो जुन युट्युबको ट्रेन्डिङमा समेत परेको थियो।

हेर्नुस भिडियो

सम्बन्धित खवर

Back to top button