महानायक हमालले भने ‘नेपाल र नेपालीहरुको अवस्था फेर्न राजनीतिमा आउँछु’

काठमाडाैं : नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन् । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताएका हुन् । भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए ।

तपाईंको राजनीतिमा आउने सोच छैन? भन्ने प्रश्नमा उनले भने, ‘मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु। तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन । अहिले कलाकारितामा छु। दुबै ठाउँमा हात हाल्नु ठिक होइन । चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि पछुतो महसुस गरेको सबैलाई थाहा छ । तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन ।’ कहिलेबाट आउनुहुन्छ त? भन्ने प्रश्नको जवाफमा हमालले भने, ‘कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन । सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ ।’ उनले आफ्नो उद्देश्य राजनीतिकको लागि राजनीति गर्ने नभएको समेत्त स्पष्ट पारेका छन् ।

त्यस्तो राजनीतिले खासै उपलव्धी नदिने उनको बुझाई रहेको छ। आफुले व्यक्तिगत स्वार्थ नहेर्ने भन्दै उनले इमान्दार भएर राजनीति गरेर नीति निर्माण तहमा केही प्रभाव परोस भन्ने चाहेको बताएका छन् । उनले भने, ‘राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिने छ। जतिखेर पनि राजनीतिमा आउन सक्छु ।’ देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको भन्दै आफु राजनीतिमा आएपछि सबैभन्दा पहिले यसलाई समाप्त पार्ने उनको धारणा रहेको छ । आफुले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्ने समेत उनले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button