एजेन्सी : नेपालका दुई सान बाल गायक प्रितम आचार्य र आयुश केसिले धुम मच्चाएका छन। हिजोको बेजोड प्रश्तुती पछि दुबै गायक प्रितम र आयुश सारेगमपको फाईनलमा पुग्न सफल भएका छन। यश हप्ताको कार्यक्रम बाट नौ जनामा ३ जना बाहिरिएका हुन भने ६ जना फाइनलमा उत्रिएका छ ।
हिजोको प्रश्तुतिमा पृतमले लुट गय हम लुट गय बोलको गित गाएर सबै जजहरुलाई रुवाएका थिए। उनको स्वर देखेर अथिती जजले यस्तो प्रश्तुती अहिले सम्म नदेखेको र यो मेरो लागि मेमोरी हुने बताएका थिए । त्यस्तै पृतमको त्यो फिलिङ सहितको गायकी देखेर सबै जुरि आफ्नो ठाँउ बाट उठेर पृतमलाई बोकेका थिए। जब सबैको गायकी सकियो जजले ६ जना छान्न पर्ने भयो । तब शुरुमै प्रितमको नाम जजको मुखमा आएको थियो।
त्यस्तै अर्का बाल गाएक आयुश केसिले तु मिले बोलको गित गाएर सबैलाई मन्त्रमुग्ध बनाएका थिए। उनको गायकी हेरिसके पछि अथिती जजले प्ले ब्याक सिङिङ मा राम्रो भविष्य छ भनेका थिए। त्यस्तै आयुशलाई पनि जज लगायत जुरि सदश्यले काधमा बोकेर हौसला दिएका थिए। बिगत केही समय देखि बिरामी भएका आयुश आफ्नो हिम्मत नहारी उत्कृष्ट प्रश्तुती दिएर सबैको मन जित्न सफल भएका छन। आयुश केसि पनि सारेगमपको अन्तिम 6 अर्थात फाईनलमा पुग्न सफल भएका छन।
नेपाल देखि भारतको हजारौं प्रतिश्पर्धीहरुलाई पछि पारेर नेपालका दुई बालकले आफ्नो कला कौशल देखाएर नेपाल र सारा नेपालिको नाम राख्न सकेका छन। आज लाखौं नेपाली समर्थकले नेपालका दुई बालकको सफलताको लागि कामना गरि रहेका छन। हाम्रो पनि उपाधीको लागि अग्रिम धेरै धेरै शुभकामना पृतम र आयुशको लागि। हेर्नुहोस हिजोको पूरा प्रश्तुती भिडियोमा ।