भारतको सारेगमपमा नेपालका प्रितम तेस्रो र आयुष चौथो

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पियनमा नेपालका दुई बालगायक तेस्रो र चौथो भएका छन्। जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । आइतबार साँझ भएको जी टीभीको फाइनल कार्यक्रममा प्रतिष्पर्धा गरेका प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए। फाइनलमा ६ जना पुगेका थिए। आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो। हाल उनी भक्तपुरमा अध्ययनरत छन्। प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा कक्षा ७ मा पढ्छन्। २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

यो पनि: नेपालका युवा डान्सर सुजन मार्फा तामाङ भारतकाे चर्चित डान्स रियालिटी शाे डान्स प्लस फाेरकाे फस्ट रनरअप भएका छन् । विभिन्न चरणका प्रतिस्पर्धामा उत्कृष्ट डान्स गर्दै सुजनले सबैको मन जितेका छन् । नेपालका उदयमान डान्सर सुजनले भारतको चर्चित रियालिटी शोमा सहभागीता जनाएर देशको मन चिनाएका छन् । डान्स प्लस फोरको फाइनलमा पुगेका सुजन आफ्नो उत्कृष्ट डान्स प्रस्तुत गर्दै गर्दा पनि भोटको कारण फस्ट रनरअपमै सिमित भएका छन् । भने महाराष्ट पुनेका चेतन सालुन्खेले डान्स प्लस फोरको ट्रफी उचालेका छन् ।

अडिसनबाटै जजहरूकाे मन जीतेका सुजन र आसाम भारतकी अर्कि प्रतिस्पर्धी आंचल शर्मा मालाकारलाई एकै ग्रुपमा राखेका थिए । एकै प्रकारको डान्स गर्नसक्ने भन्दै सुजन र आंचललाई जोडी बनाइएको थियो । नेपालमा विभिन्न डान्स प्रतियोगिताको उपाधि जितिसकेका सुजन मार्फा तामाङ नेपालमा धेरैले सुनेको मन हो। पछिल्लो केहि समय यता सुजनले विभिन्न म्युजिक भिडियो समेत खेलिसकेका छन् । यतिबेला भारतमा तहल्का पिटिरहेका सुजन एक वर्ष पहिले भारतकै अर्को चर्चित डान्स रियालिटी शो “डान्स इन्डिया डान्स” मा समेत गएका थिए। तर उनि उक्त रियालिटी शोमा पनि टप ६ सम्म पुग्न सफल भएका थिए । सुजन मार्फा तामाङ डान्स इन्डिया डान्समा कम भोटका कारण फाइनलमा पुग्न सकेका थिएनन् भने हाल ‘डान्स प्लस ४’ को फाइनलमा पुगेका उनि पुनः भोट कै कारण फस्ट रनरअप भएका छन ।

सम्बन्धित खवर

Back to top button