सारेगमपबाट प्रितम आचार्य र आयुस के.सी.ले के-के सिके त ? (हेर्नुस् भिडियो)


काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । फाइनलमा ६ जना पुगेका थिए । अडिसन बाटै सबैकाे नजरमा परेक प्रितमले अपाधी जित्न सक्ने अड्कल धेरैले गरेका थिए तर उनल तेस्राे स्थानमै चित्त बुझाएका छन ।
सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए । सानैदेखि गायनमा सक्रिय उनिहरूले देशकाे नाम समेत चिनाएका छन ।



नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका थिए । उनीहरुसँगै फिनालेमा आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले आफ्नो प्रश्तुति दिने छन । यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए । १२ वर्षका आयुष र ११ वर्षका प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए ।
सारेगमपबाट प्रितम आचार्य र आयुस के.सी.ले धेरै कुरा सिकेकाे बताएका छन् । प्रथम ट्रफी उचाल्न नसकेपनि आम नेपालीहरूको मायाले यहाँसम्म पुर्याएकोमा धन्यबाद समेत दिएका छन् । प्रितम र आयुसले भनेका छन् – पहिलो कुरा त राष्ट्रियता के हो भन्ने कुरा जानियो सबै नेपालीले यति धेरै माया गरिदिनु भयो । अझ मिडियाबाट निकै सपाेर्ट पायाैं यसका लागि सम्पूर्ण मिडियाकर्मीलाई विशेष धन्यवाद दिन चहान्छाैं ।
हेर्नुस भिडियो