इलामको जोशी हाइड्रोपावरको टर्वाइनमा आगाेलागी

इलाम : इलाम नगरपालिका ४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन।

इलाम नगरपालिका ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर हानेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो।

आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल घटनास्थल तर्फ लागेको छ। आगो के कारणले लागेको भन्ने बारेमा यकीन हुन सकेको छैन।

सम्बन्धित खवर

Back to top button