गायक शम्भु राईको लय कपि भएकाे भन्दै ‘गलबन्दी’को चाैतर्फी आलाेचना

काठमाडाैं : पछिल्लो समय चर्चित गित ‘गलबन्दी’ले छोटो समयमै एक करोड भन्दा बढी भ्यूज पाइसकेको छ। गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै गीतले अनपेक्षित दर्शका स्रोताको साथ पायो। मौलिकपन को दियो भन्दै धेरैले गीतको प्रशंसा गरे । आइजीपी सर्बेन्द्र खनालले समते आफुलाई फोन गरेर मौलिक गित ल्याएकोमा बधाई दिएको उनले सामाजिक संजाल मार्फत जानकारी गराएका थिए । अहिले देश तथा बिदेशमा ‘गलबन्दी’को चर्चा अत्याधिक रहेको पाईन्छ । तर अहिले ‘गल्बन्दी’ लाई चोरिएको गीत भन्दै सामाजिक सञ्जाल तातिएको छ ।सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै गायक सपुतको आलोचना गर्ने पनि भेटिएका छन् । गायक शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएको छ ।

गलबन्दले चौतर्फी प्रशंसा पाइरहँदा धेरैले शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको कपी भनेर आरोप लगाएका हुन् । गायक शम्भु राई भने सामाजिक सञ्जालमा हल्ला फैलाउनु भन्दा पनि सल्लाह गरेर अघि बढ्नु उपयुक्त रहेको बताउँछन् । उनले आफू सल्लाह गरिरहेको र सल्लाहअनुसार अघि बढ्ने बताएका छन् । उनले अहिले हतारमा प्रतिक्रिया दिनुभन्दा पनि छलफल पछि मात्रै प्रतिक्रियामा जाने बताए । ‘गीतसंगीत क्षेत्रमा रहेका विभिन्न संघसस्था र साथीभाइरुसँग सल्लाह गर्दै छु । एक्लै मात्रै कुरा गरेर हुदैन, प्रस्तोता समाज, संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज जस्ता संस्थाहरुसँग बसेर छलफल गरिरहेको छु’ उनले भने । आफूहरु एउटै क्षेत्र को भएकाले विभिन्न टिकाटिप्णी गर्नु भन्दा पनि छलफल र सहमति गरेर अघि बढ्ने उनले बताए । गलबन्दी गीत शम्भु राइकाे ‘आउ नाँचाैं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगीलाई विताउ हासेर’ सँग हुबहु मिलेकाे पाइन्छ ।

हेर्नुस् भिडियो

‘समाजिक सञ्जालमा हल्ला फैलाउनु मात्रै हो । मेरो र प्रकाश जीको पनि कुरा कानी भइ रहेको छ । त्यस पछि हामी आधिकारिक कुरा बाहिर ल्याउँछौँ, उनले भने । गीत चोरी भएको आफूले भन्दा पनि दर्शक श्रोताले थाहा पाउने कुरा भएको बताए । त्यसैले एकअर्कालाई आरोप प्र्रत्यारोप गर्नु भन्दा पनि गीत संगीत क्षेत्रका अग्रज सर्जकसहित छलफपछि मात्रै आधिकारिक धारणा आउने राइले बताए । त्यस्तै गायक सपुतले एक अन्तवार्तामा गायक शम्भुराई गीत पहिलो पटक सुनेको बताएका छन् । अन्र्तवार्ता उनले आफूले शम्भु राईसँगको आधिकारिक कुराकानी पछि मात्रै बाहिर ल्याउने बताएका छन् ।‘मेरो गीतसँग मिल्यो भनेको गीत मैले भर्खरै सुनेका हुँ , यो भन्दा पहिले गीत सुनेको पनि थिइन, गीतको लय मिलेको रहेछ,’ उनले भनेका छन् ।

बधाई ! मात्र १९ दिनमै ‘गलबन्दी’लाई १ करोड, बनायो रेकर्ड 

सर्बाधिक रुचाईएको गीत तथा भिडियो ‘गलबन्दी’ले १ करोड भ्युज निक्कै छोटो समयमा पाएको छ । यति छोटो समय अर्थात मात्र १८ दिन भित्र भिडियोले १ करोड भ्युज बटुल्न सफल भएको हो । यो संगै एउटा रेकर्ड पनि कायम भएको छ । यसअघि फिल्म २ रुपैयामा समाबेश लोकप्रिय बनेको गीत ‘कुटुमा कुटु’ले राखेको रेकर्ड ब्रेक गरेको हो । जेठ ११ मा सार्बजनिक गलबन्दी जेठ २८ सम्म आईपुग्दा १ करोड सहित रेकर्ड राखेको हो ।

यता ‘कुटुमा कुटु’ २०७४ को जेठ १४ गते सार्वजनिक भएको थियो । असार १ गतेसम्म युटुवमा १ करोड २ लाख ४५ हजार बढी दर्शकले यो गीत हेरेका थिए । अहिले कुटुमा कुटु युट्युबमा १० करोड भ्युज पाउने पहिले नेपाली गीतको भिडियो बनेको छ । यता गलबन्दिको यो रफ्तार हेर्दा छोटो समयमै कुटुमा कुटुको यो अर्को रेकर्डलाई पनि ब्रेक नगर्ला भन्न सकिन्न । गलबन्दिलाई जेठ २७ गतेको बिहान सम्म आईपुग्दा युट्युबमा हेर्नेहरुको घुईचो १०,०३३,६२७ पटक छ । यता गीत संगै भिडियो त सर्बाधिक रुचाईएकै छ भने युट्युबमा मनपराएर लाईक गर्ने को संख्या मात्रै ३ लाख भन्दा बढी रहेको छ । डिसलाईक गर्नेहरु १२ हजारको संख्यामा छन् । यस्तै भिडियोलाई प्रतिक्रियाको ओईरो लागेको छ । २४ हजार बढिले भिडियोलाई कमेन्ट गर्दा प्राय: सवैले गीत तथा भिडियो रुचाएका छन् ।

सार्बजनिकको ७ दिन पुग्दा यो गीतको भिडियोलाई ४७ लाख भन्दा बढि पटक हेरिएको थियो भने झन्डै २ लाखको हाराहारीमा लाईक पाईसकेको थियो । गीत तथा भिडियोलाई १७ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका थिए । गलबन्दिलाई प्रकाश सपूत र शान्ती श्री परियारले गाएका हुन् । यसको शब्द संगीत पनि प्रकाशकै हो । यतिमात्र हैन प्रकास यो भिडियोमा फिचर्ड नि भएका छन भने गलबन्दी भिडियो निर्देशक पनि उनै हुन् । भिडियोमा प्रकाश संगै मोडल अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन् । यी २ को दोहोरी ले नै गीतको सुरु र अन्त्य हुन्छ । तर गीतको कथा निक्कै मार्मिक ढङ्गको प्रस्तुत गरिएको छ । यतिबेला यो गीतको भिडियो युट्युब ट्रेन्डिगको पनि उत्कृष्ट १० भित्र छ । हामिले यो समाचार तयार गर्दा सम्म युट्युब नेपालको ट्रेन्डिङको चौथो स्थानमा छ ।

हेर्नुस् भिडियो 

सम्बन्धित खवर

Back to top button