स्तब्ध बनाउने घटनाः एकसय बढी बालबालिकाकाे एउटै चिहान

एजेन्सी : भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट एकसय भन्दाबढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको जनाइएकाे छ ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन् । मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन् ।

इन्सेफलाइटिस भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ । गत साता बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताएका छन् । तर त्यसकाे राेकथाम भने गर्न सकिएकाे छैन ।

सम्बन्धित खवर

Back to top button