‘गलबन्धी’ विवाद विन-विनमा टुङ्गियाे, संगीत शम्भु राइकाे नाम राखिनेछ
काठमाडौं : निकै विवादित बनेको ‘गलबन्दी’ गीतको विवाद दुई गायकबीच सहमति भएसँगै टुंगो लागेको छ । गीतको लय चोरीको बिषयमा गायक शम्भु राई र अर्का गायक प्रकाश सपुतबीच निकै दन्तबजान भएको थियो । गायक राई प्रतिलिपी अधिकार रजिस्टारको कार्यालयमा प्रकाश सपुतविरुद्ध मुद्दा समेत दायर गर्न भ्याएका थिए ।
सामाजिक सञ्जालदेखि संसदसम्म ‘गलबन्दी’ को विवाद चुलिएको थियो । यद्यपि, बुधबार प्रतिलिपी अधिकार रजिस्टारकार्यलयले उनीहरुको विवाल टुंगो लगाएको छ । रजिस्टारको कार्यालयमा भएको छलफल सहमतिमा टुंगिएको हो । गायक राई र सपुतबीच लामो समयको छलफलपश्चात पनि सहमति हुन सकेको थिएन ।
छलफलबाट पनि पार नलागेपछि शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा नै उनीहरुको सहमति भएको छ । सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।
अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राइको नाम समावेश गरि प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ । यसैबिच शम्भुले प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमति पनि भएको छ ।