नायिका करिश्मा पुनः राजनीतिमा प्रवेश गर्दै


काठमाडाैं : सदावहार नायिका करिष्मा मानन्धर अर्काे महिनाबाट राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । नायिका मानन्धरले यस बर्षको एसईई परिक्षामा सहभागी भई बी प्लस ल्याएकाे खुसीयाली बाड्ने क्रममा उक्त कुरा व्यक्त गरेकी हुन् । उनले एसईईमा ३ जीपिए ल्याएकी हुन् । ८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेकाे स्मरण गर्दै अब राजनितितर्फ लाग्ने संकेत गरेकी छिन् । करिश्माले काठमाण्डौको मैतिदेवीमा रहेको त्रिवेणी सामुदायिक विद्यालयबाट एसईई दिएकी थिइन ।



चलचित्रमा मात्रै लागेर हुँदैन अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेर स्कुल बढ्न थालेकाे बताउँछिन उनी । अब, राजनीतिमै लागेर समाजसेवा गर्ने मुडमा छिन उनी । नायिका मानन्धरले बी प्लस ल्याउँछु भन्ने साेचेकी थिइनन् तर बी प्लस आएपछि निकै खुसी भएकी छिन् । यही अवसरमा आफू पढेकाे स्कुलमा पुगेर एसईई पास भएकाे उपलक्ष्यमा लड्डु समेत बाड्न भ्याएकी छिन् । उनी भन्छिन् ‘ निकै उत्साहित भएकी छु, आज बाटाेमा आउँदा हर्न पनि बहुत सुन्दर लागेकाे थियाे, प्रहरी दिएकाे सास्ती पनि मजा लागेकाे थियाे, कसैले ओभरट्याग गरेर जाँदा पनि कुनै गुनासाे थिएन । याे खुसीकाे क्षण बिर्सनै नसक्ने भयाे ।’
उनले एक महिनापछि पुनः राजनीतिमा फर्कने कुरा व्यक्त गरेकी छिन् । यस अघि बाबुराम भट्टराइ नेतृत्वकाे नसक्ने पार्टीमा लागेकी थिइन । राजनीतिमा सम्भावना रहेकाे भन्दै पुनः भट्टराइकाे पार्टीमा फर्कने संकेत गरेकी हुन् । नायिका मानन्धरले उपेन्द्रसँग पार्टी एकीकरण भएपनि खास फरक नपर्ने स्पष्ट पार्दै पुनः राजनीतितिर फर्किने संकेत गरेकी हुन् । आफू पढेर एसईई परिक्षा पास भएकाे बिद्यालय पुगेर यस्ताे कुरा बताएकी हुन् । एसईई पास भएपछि उनलाई बधाई दिनेको ओइरो नै लागेको बताउँछिन उनी ।
हेर्नुस् भिडियो