प्रधानमन्त्रीले श्रीमतिकाे तृप्ति पूरा गर्न नसकेपछि भागिन् अर्कैसँग


काठमाडौं : दुबईका अर्बपति शासक तथा देशका प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मक्तूमकी पत्नी देश छोडेर भागेकी छन् । हया बिन्त हुसेनले लगभग चार करोड डलर पनि लिएर गएकी छन् । आफ्ना दुई सन्तानलाई पनि उनले सँगै लगेकी छन् । अपुष्ट खबरहरूका अनुसार, जर्मनीका राजदूतले उनलाई भाग्न सहायता गरेका हुन् । यसले गर्दा यूएई र जर्मनीबीच कूटनीतिक संकट उत्पन्न हुने देखिन्छ ।
उनी लन्डन गएको हुनसक्ने मिडियाहरूले संकेत गरेका छन् । हयाले पतिसँग पारपाचुके पनि मागेकी छन् । नयाँ जिन्दगी शुरू गर्न उनले चार करोड डलर सँगै लगेकी हुन् । अक्सफोर्ड विश्वविद्यालयकी पूर्व छात्रा हया मे २० तारिखदेखि सार्वजनिक समारोहमा अनि सामाजिक सञ्जालमा देखिएकी छैनन् । सामाजिक सञ्जालमा उनी लोककल्याणकारी काम गरेर छाइरहेकी हुन्थिन् ।



जर्मन सरकारले हयालाई फर्काउन यूएईले गरेको माग अस्वीकार गरेको यूएईका पत्रिकाहरूले लेखेका छन् । हया प्रधानमन्त्री मक्तूमकी ६ पत्नीमध्ये एक हुन् । यसैबीच मक्तूमले इन्स्टाग्राममा एउटा कविता लेख्दै ‘तँ मरे पनि मलाई मतलब छैन’ भनी पोस्ट गरेका छन् ।
यसअघि मार्च महिनामा मक्तूमकी छोरी राजकुमारी लतिफा दुबईबाट भाग्न खोजेकी थिइन् । उनलाई हिन्द महासागरमा चलिरहेको एक जहाजबाट फर्काएर ल्याइएको थियो । आफूमाथि उत्पीडन गरिएको भनी उनी भागेकी थिइन् । मानवअधिकार संगठनहरूले लतिफालाई दुबईमा बन्धक बनाएर राखिएको बताएका छन् । एजेन्सी ।