काे हुन् यी बालक ? गलबन्धी गीत गाएर एकाएक भाइरल बने


भाइरल गीत गलबन्दी च्यातियोको चर्चा बढेसँगै साना दुई भाइहरुले गएको गीत भाइरल बनेको छ । उनीहरू काे हुन् भन्ने कुरा खुलेकाे छैन । तर निकै सुरिलाे स्वरमा गलबन्धी गीत गाएर एकाएक सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । सामाजिक संजालमा यतिबेला भाइहरुले गाएको गलबन्दी निकै भाइरल बनेको हाेृ । निकै मिठो स्वरमा भाइहरुले गीत गएकाे पाइन्छ । गलबन्दीको कभर गीत र डान्स समेत युट्युबमा निकै चर्चामा छ ।
गलबन्दी च्यातियो तिम्ले तानेर, पछ्यौरी च्यातियो तिमीले तानेर, यो गीतका गायक प्रकाश सपूत र शान्ती श्री परियार अनि अभिनयकी अञ्जली अधिकारी यो पछिल्लो पुस्ताका बेजोड चर्चित पात्र सबैको नजरमा बस्न सफल भएका छन् । गीतमा अभिनय गरेकी लज्जावती अन्जलीको चर्चा पनि गीत संगै बढ्यो भने सामाजिक संजालमा उनि भाइरल नै बनिन । गीतको कुरा गर्दा हरेक समयमा फरक स्वादका गीत बजारमा ल्याएर सबैको मन जितेका प्रकाश सपुतको यो अर्को ठुलो सफलता समेत हो ।



गलबन्दीको चर्चा र लोकप्रियता बढे संगै सामाजिक संजाल, अनलाइन मिडिया, राष्ट्रिय मिडिया, चिया पसल हुँदै संसदमा पनि गलबन्दीको चर्चा र बहस भयो । प्रकाश सपुतलाई शम्भु राइले आफ्नो गीत चोरेको आरोप लगाएर मुद्दा दर्ता गरे । यो संगै गीत विवादमा समेत तनियो तर दर्शक श्रोताहरुले पनि प्रकासलाई नै साथ् दिएको पाइन्छ । नेपाली सांगीतिक जगतमा बिस्तारै हरैदै र आफ्नो प्रभाव गुमाउदै गएको लोक गीतलाई गलबन्दीले एउटा उचाएमा पुर्याउन सहयोग गरेको धेरैको भनाइ समेत रहेको छ ।
हेर्नुस् भिडियाे