लाेक स्टार अडिसनमा विखाशा शाहीकाे धमकेदार प्रस्तुती -हेर्नुस् भिडियाे


काठमाडाैं : केहि समय पहिले मिडियामा छाएकी बाल गायिका विशाखा शाही नेपाल लोक स्टारमा अडिसन दिन पुगेकी छिन्। उनी बुटवलमा भएको अडिसनबाट छानिएर मेगा अडिसनको लागि अगाडी बढ्ने ढोका खुलेको छ। सयौंको संख्यामा रहेका प्रतियोगीहरु बाट जम्मा ५० जनाले काठमाडौं सम्म जान आफ्नो स्थान सुरक्षित बनाएका छन।



नेपालको मौलिक कला र संस्कृतिलाई जगेर्ना गर्न एपी वानले आयोजना गरेको कार्यक्रमको अहिले अडिसन चलिरहेको छ। धनागढ़ी बाट शुरु भएको अडिसन अहिले बुटवलसम्म पुगेको छ। देशको कुना कुनामा लुकेर रहेको प्रतिभालाई अगाडी ल्याउन लोक आईडल आयोजना गरिएको बताइन्छ । कार्यक्रमा सुनिता दुलाल , रामजी खांड , जयन्द्र लामा र बीबी अनुरागी रहेका छन्।
केहि समय भाईरल भएकी विशाखा शाही पनि लोक स्टारमा आफ्नो स्वर प्रस्तुती गर्दै आगामी यात्रा सुरक्षित बनाएकी छिन्। उनले पश्चिमी शैलीको गित गाएकी थिईन। तलको भिडियोमा ३५ मिनेट पछी बिशाखाको प्रश्तुति हेर्न सकिनेछ।
हेर्नुस् भिडियो