काठमाण्डौं : संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पुरा गर्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहिनत र लगनशिलताका कारण नयाँ उचाई दिए । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरुको प्रेरणाका स्रोत हुन् ।
यस्ता छन् मुकेश अम्बानीका जिवनका सफलताका दश शुत्र:-
१. मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गूरु मान्छन् । पैसाको पछाडी कुद्दैमा कोही सफल व्यवसायि बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
२. ठूलो व्यवसायि बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् , त्यसलाई पुरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
३. उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुदैँन । रेभिन्यूले आफैँ बताउँछ ।
४. उनी व्यवसायमा मात्रै होइन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी आईपिएल टिम मुम्बईका मालिक हुन् ।
५.कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन् , आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।
६. जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुनसक्छन् । तर यि दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।
७ दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुदैँन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ ।
८. मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
९. विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।–प्रेरक संसारको सहयोगमा
यो पनि पढ्नुहोस् -ज्याक मा कसरी बने एसियाकै सबैभन्दा धनि व्यक्ती ? यस्ता छन उनका सफलताका १० अचुक सुत्र ! अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग जियानलिनलाई पछि पारे । ब्लूमबर्गको इण्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर पुगेको छ ।
आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ ।
यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।
१. सफलताका लागि धैर्यता निकै जरुरी छ ।
२. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा रु
६। म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
९। यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
१०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।