ऋणकाे प्रलाेभनमा पारी बैंक मेनेजरले लुटे सेवाग्राहीकाे अस्मिता
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बला त्कार आरोपमा प्रहरीले प क्राउ गरेको छ । बैंक मेनेजरलाई ५ दिन अगाडी नै प क्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बला त्कार गरेको आ रोप बास्तोलामाथि छ ।
घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन । से क्स गर्न दिनेभए मात्रै कर्जा उपलब्धगराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवर जस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।
पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई प क्राउ गरी ज वरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले जानकारी दिए। याे सामग्री किशोर बुढाथोकी अन्नपूर्णकाे लागि तयार पारेका हुन् ।