शिल्पा र छविराजबीच खटपट: शिल्पाले दिइन् प्रहरीमा उजुरी

काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल आफ्नै श्रीमान् छविराज ओझाविरुद्ध उजुरी बोकेर प्रहरीमा पुगेका छिन् । उनले आफ्नै श्रीमान् ओझाबाट असुरक्षा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । जानकारीअनुसार केहि समयदेखि ओझा र शिल्पाबीच खटपट भएको थियो ।

शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा सुरक्षा माग गर्दै उजुरी दिएकी छिन् । उनको उजुरीबारे छानविन अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अभिनेत्री रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि ओझाले शिल्पा पोखरेललाई भित्र्याएका थिए । छविराज र शिल्पाबीच २०७३ को दशैंमा गोप्य रुपमा बिहे भएको थियो ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो ।

उनीहरु दुवैले सोही समयमा नै बिबाह गर्ने बोलेका पनि थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । खबर डबलीबाट ।

सम्बन्धित खवर

Back to top button