तीनदिन पहिले म *रेकी महिला जीवीतै भेटिएपछि सबै चकित

नयाँदिल्ली : भारतमा एउटा अनाैठाै घटना घटेकाे छ ।  गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि उक्त घटना समाचारकै रुपमा सार्वजनिक भयो । कोमल तलान नामकी ती महिलाले आ *त्माह *त्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल आफ्नो कारसहित हराइरहेकी थिइन् ।

प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट जुलाइ ६ मा मात्रै भेटियो । प्रहरीले कोमललाई भेट्न नसके पनि सु *सा *इड नोट चाहीँ फेला पार्यो ।

सुसाइड नोटमा महिलाले आफ्ना श्रीमान र ससूराले आफूमाथि दबाव र तनाब श्रृजना गरेको भन्दै सु *साइड गरेको लेखेकी थिइन् । कोमलका बावुले समेत छोरीलाई परिवारमा पीडा दिने गरेको प्रहरीसमक्ष बताएका थिए । दप्रहरी टोली त्यही हिन्दोन नदीमै उनको शव खोजी गरिरह्यो । तीन दिनसम्म खटिँदा पनि प्रहरीले शव भेट्न सकेन प्रहरीले । सोही नदीमा उनले हाम फालेर सु *सा *इड गरिन् भन्ने प्रहरीको बुझाइ थियो ।

तीन दिनपछि भने घटनाले अर्कै रुप लियो । प्रहरीको अनुसन्धान टोलीले कोमल आफ्ना केही साथीसँग सम्पर्कमा आएको खबर पत्ता लगायो । यसपछि प्रहरी थप अनुसन्धानको लागि जयपुर पुग्यो । जहाँ उनीहरुले कोमल मुम्बइ पुगेको खबर पाए । जब मुम्बइ पुग्यो प्रहरी टोली त्यसपछि फेरि कोमल बैंग्लोरमा रहेको सूचना पायो ।

अन्ततः प्रहरीले दिल्लीको नदीमा ‘सु *साइड’ गरेकी महिलालाई बैंग्लोरमा पुगेर फेला पारेको छ । उनलाई प्रहरीले उद्दार गरिसकेको छ । महिलाले परिवारबाट यातना भोग्ने गरेको भने सत्य रहेको बताइएको छ । भारतीय मिडियाले जनाए अनुसार स्थानीय प्रहरीले यस्तो घटनालाई अनौठो घटनाको रुपमा लिएको छ ।

सम्बन्धित खवर

Back to top button