बाढीपहिराेपछि राजधानीमा तरकारीकाे मूल्य आकाशियाे


काठमाडौं : अविरल वर्ष पछिको बाढी र पहिरोको कारण देशभरको सडक संजाल प्रभावित भएपछि काठमाडौँ उपत्यकामा तरकारी तथा फलफूलको भाउ ह्वातै बढेर गएको छ। यातायातमा असर पुगेको मात्र नभई वर्षा, बाढी र पहिरोले तरकारी खेतीमा समेत असर पुर्याएको कारण उपत्यकामा तरकारी र फलफूलको भई बढेको हो।
अहिले नेपाल भित्र उत्पादन भएका तरकारी र फलफूल राम्रै ढुवानी हुन सकेको छैन। यता विषादी परिक्षण विवादको कारण भारतबाट पनि तरकारी आयात हुन सकेको छैन।



उपत्यकामा तरकारी व्यापार गर्दै आएका व्यापारीहरुका अनुसार बजारसम्म अहिले पहिलेजति धेरै तरकारी आएको छैन। यहि कारणले गर्दा माग र उपलब्ध तरकारीको परिमाण मिल्न गएको छैन।
के छ बजारमा तरकारीको भाउ ?
प्रतिकिलो ५० रुपैयाँ बाट ७० रुपैयाँ बढेर १ सय २० रुपैयाँ, काउली प्रतिकिलो ६० सय रुपैयाँ बाट ४० रुपैयाँ बढेर १ सय रुपैयाँ, तितेकरेला प्रतिकिलो ३० रुपैयाँ बाट ४० रुपैयाँ बढेर ७० रुपैयाँ, भन्टा प्रतिकिलो ५० रुपैयाँ बाट ३० रुपैयाँ बढेर ८० रुपैयाँ, घिरौँला प्रतिकिलो ४० रुपैयाँ बाट ५० रुपैयाँ बढेर ९० रुपैयाँ, भिडेखुर्सानी प्रतिकिलो ५० रुपैयाँ बाट ४० रुपैयाँ बढेर ९० रुपैयाँ, काँक्रो प्रतिकिलो ८० रुपैँया बाट ४० रुपैयाँ बढेर १२० रुपैयाँ, बन्दागोपी प्रतिकिलो ५० रुपैयाँ बाट ३० रुपैयाँ बढेर ८० रुपैयाँ, बोडी प्रतिकिलो ८० रुपैयाँ बाट ४० रुपैयाँ बढेर १२० रुपैयाँ पुगेकाे छ ।