एउटा नमूना प्रेम जाेडीः विहे गरेकाे ७१ वर्षपछि सँगै प्राण त्यागे

जर्मनी : प्रेमको परिभाषा मान्छेपिच्छै फरक हुन्छ । अचेल त प्रेम नै केलाई भन्ने अवस्थामा समाज पुगिसकेको छ । आज सम्बन्ध हुनु र एक दुई वर्षमा त्यसमा चिसोपना आउनु सामान्य भइसकेको छ । तर संसारमा केही यस्ता उदाहरण भेटिन्छन्, जसले प्रेमलाई हेर्ने दृष्टिकोण नै फरक गरिदिन्छन र मनलाई द्रवित पारिदिन्छन् ।

यतिखेर छवि र शिल्पाको प्रेम, झगडा र सम्बन्धविच्छेदले चर्चा पाइरहेको बेला यो दम्पत्तिको कथाले भने साँच्चिकै मन पगाल्छ नै । एकवर्ष डे्टिङ गरे उनीहरुले । आजभन्दा ७१ वर्ष अघि दुबैले विवाह गरे । ७१ वर्ष दुबै खुशीका साथ सँगै बसे । जीवनका सबै कुरा सँगै झेले । र, ९४ वर्षका हर्बट र ८८ वर्षकी मर्लिनले गत शुक्रबार भने यो संसारलाई अलविदा भने । उनीहरुको मृ *त्युबीच १२ घण्टाको मात्रै अन्तर थियो ।

समाचारमा जनाईए अनुसार, हर्बट डेलाइगलको कथा ७२ वर्ष अघि एउटा क्याफेबाट शुरु भएको थियो त्यतिखेर उनी २२ वर्षका थिए जबकि मर्लिन भने १६ वर्षे किशोरी । मर्लिन त्यही क्याफेमा काम गर्थिन र हर्बट साथी भेटन त्यहाँ पुगेका थिए ।

मर्लिनलाई देख्ने बित्तिकै ‘पहिलो नजरमा प्यार’ को अवस्था भयो हर्बटको । केही सोचविचारपछि उनले मर्लिनलाई डेटको निम्तो दिए । र, उनीहरुको प्रेम शुरु भयो । एकवर्षपछि उनीहरुले बिवाह गरे ।

बिहापछि मर्लिनले श्रीमानसँग ६ वर्ष जर्मनीमा बिताइन । त्यसपछि दुबैले दोश्रो विश्वयुद्दको बेला सेनामा सेवा गरे । हर्बटले कोरिया र भियतनाममा जागिर गरे । २२ वर्षको सेवा पछि उनी सेनाबाट रिटायर भए ।

उनीहरुको छ छोराछोरी र १६ नाती नातिनी छन् । उनीहरु सँगै बस्थे । सोमबारका दिन दम्पत्तिको अन्तिम संस्कार निकै सादगीपूर्ण तरिकाले गरिएको समाचारमा उल्लेख छ । उनीहरुको प्रेम र जीवनकथा त्यसक्षेत्रमा निकै प्रख्यात र प्रेरणादायी रहेको छ ।

सम्बन्धित खवर

Back to top button