सरकारले बढाएपनि नेपाल टेलिकमले इन्टरनेट सेवा शुल्क यथावत राख्ने
काठमाडौं : सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिसकेको भएता पनि नेपाल टेलिकमले भने इन्टरनेटको शल्क वृद्धि नगर्ने भएको छ।
सरकारले निर्णय गरेको भएता पनि ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखेर नेपाल टेलिकमले इन्टरनेटको शुल्क वृद्धि नगर्ने भएको हो।
टेलिकमले कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको बारे एक विज्ञप्ति मार्फत जानकारी गराएको छ। ताररहित र तारसहितका माध्यमबाट प्रदान गरिएका इन्टरनेट सेवाहरुमा कुनै पनि शुल्क वृद्धि नगरिने टेलिकमले जनाएको छ।
सहुलियत दरमा विभिन्न सेवाहरु प्रदान गर्नको लागि नेपाल टेलिकमले ल्याएर समर अफरमा अझ सुविधि र सहुलियत थप्ने टेलिकमले योजना बनाएको छ।