राजधानीमा आएर यसकारण राेए एकाएक सिके राउत

काठमाडौं : लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो । भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले डा सीकेको भुमिका निभाउने कुरा फिल्मको औपचारिक निर्माण घोषणासँगै सार्वजनिक भएको हो । फिल्मको टिजर पनी सार्वजनीक गरिएको छ । सिके राउत स्वयं उपस्थितिमा फिल्मको घोषणा सभामा समापन गरिएको थियो ।

विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा फिल्मको भदौबाट छायांकन हुने छ भने आउँदो छठ पर्वमा रिलिज हुने छ ।पवन गौतमले खिच्ने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले फिल्मको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् ।डा सिके राउत’ मा पुकार भट्टराई,ध्रुव कोइराला,विशाल पहारी,किरणथापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा अभिनेत्रीको भने टुंगो लागेको छैन ।

रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने फिल्मलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ । मधेस आन्दोलनका घटना फिल्ममा उतारिने डा सीके राउतले बताए ।
हेर्नुस् भिडियाे

धनगढीमा बिस्फोट हुँदा पाँच गम्भीर घाईते
धनगढीको ब्यस्त ठाउमा बिस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन्। धनगढी उपमहानगरपालिका ३ शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएका छन् । घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको परिचय खुलेको छैन्। विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। तर कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ। टिफिनको बक्समा राखेको बस्तु पड्केको र घटनास्थलमा पेस्तोल फेला परेको कैलालीका एसपी सुदिप गिरिद्वारा जानकारी दिएका छन् ।

सम्बन्धित खवर

Back to top button