मुकुन्देले दिए शिल्पालाई दनकः रित्तै आएर सित्तै खाने? छविमाथि अन्याय भयो (भिडियो)


काठमाडाैं : समसामयिक बिषयमा आफ्नो विचार प्रस्तुत गर्दै सामाजिक संजालमा आलोचना र चर्चामा आइरहने मुकुन्द घिमिरे मुकुन्देले चलचित्र निर्माता छबी ओझा र नायिका शिल्पा पोखरेलको बिषयमा कडा तरिकाले आफ्नो धारणा राखेका छन् ।
सामाजिक संजालमा मुकुन्देले लेखेको पोस्ट यतिबेला निकै चर्चामा छ । के लेखेका थिए मुकुन्दे ले के छवि ओझालाई काहिंली स्वास्नीले छोडी भने यो नेपाल राज्य बिभाजन हुन्छ?



के अब आकाश उत्तानो पर्छ? के अब धर्ती घोप्टो पर्छ? होइन भने बेकारमा केको हल्लाखल्ला? आफैं स्वास्नीपीडितहरु किन अर्काको सम्बन्धमा पण्डित बनिरहेका छन्? के डिभोर्समा मलामी चाहिन्छ र? के बिहेमा सलामी दिइएको थियो र?
यो संगै एउटा युट्युब च्यानलमा मुकुन्देले शिल्प पोखरेल र छबी ओझाको बिषयमा बोलेका छन् । मुकुन्देले शिल्पा र छविको डिभोर्सको बिषयले सामाजिक संजाल तथा अनलाइन मिडियामा प्राथमिकता पाउनु अनावस्यक भएको बताएका छन् ।
यो संगै छविकै कारण शिल्पा अहिले यो स्थानमा पुगेको बताउदै उनले घरको सानो तिनो झगडालाई यसरि बढावा दिनुको कुनै औचित्य नभएको बताएका छन् । यो संगै शिल्पालाई रित्तै आएर सित्तैमा खाएको आरोप मुकुन्देको छ ।
हेर्नुस् भिडियाे