बेजाेड प्रस्तुती दिएपछि नेपाल लोक स्टारकाे टप २० मा पुगे पबिन्द्र सुनार (भिडियो)

काठमाडाैं : नेपाली लोक संगीतको ठुलो मंच मानिएको टेलिभिजन रियालिटी शो नेपाल लोक स्टारमा भेटिएका सुदूरपश्चिमका पबिन्द्र सुनारको चर्चा निकै चुलिएको छ । सुदूरपश्चिमको बिकट बाजुरामा जन्मिएका पबिन्द्र लोक स्टारबाट एकाएक भाइरल बनेका हुन् ।

लोक स्टारको पहिलो सिजन अन्तरगत धनगढी एपिसोडमा अडिसन दिएका पबिन्द्रले गाएको ‘हिमाल हिउ पडी गयो’ बोलको गीतले सबै जजको मन जित्यो फलस्वरुप उनि बने नेपाल लोक स्टारमा गोल्डेन माइक पाउने पहिलो प्रतिस्प्रधी ।

बाजुरा जिल्लाको बुडिनन्दा नगरपालिका पाण्डुसैनमा जन्मिएका पबिन्द्र यतिबेला कैलालीको टीकापुरमा कक्षा १२ मा अध्यनरत छन् । २० बर्षिय पबिन्द्रले सानैदेखि गीत गाउन थालेका हुन् । तर उपयुक्त संगीत साधना गर्ने माध्यम नपाएका उनले आफूभित्रको गीत संगीत प्रतिको लगाब आफैमा सिमित थियो ।

उच्च शिक्षा र संगीत साधनाको लागि उनि काठमाडौं आउन चाहन्थे तर परिवारको कमजोर आर्थिक स्थितिकै कारण आउन सकेनन । तर नेपाल लोक स्टारमा प्रबेस गरे संगै पबिन्द्र काठमाडौंमा मात्र आएका छैनन् आफूभित्र बलियो आत्मविश्वास समेत बोकेर आएका छन् ।

टप २० मा प्रवेश गरिसकेका पविन्द्रकाे अबकाे यात्रा भाेटिङले निर्धारण गर्नेछ । भाेटिङबाट अगाडि बढ्ने अथवा बाहिरिने भन्नेकाे तय उनकाे प्रस्तुतिबाट देखिने छ । निकै सम्भावना बाेकेका पविन्द्रलाइ शुभकामना ।

सम्बन्धित खवर

Back to top button