बन्द भएकाे एकसय वर्षपछि पनि पुनः सुचारू हुन सकेन रेल सेवा

जनकपुर : नेपालमा कुनै जमनामा रेल चलाइसकिएकाे भएतापनि अहिले भने ठप्प छ । एकसय वर्ष पहिले नै रेल चलाइएकाे भएता पनि बन्द भएकाे एकसय वर्ष वितिसक्दा पनि पुःन सुचारू हुन सकेकाे छैन् । संसारमा यातायातको भरपर्दो माध्यम रेल सेवा नेपालमा छैन। नेपालमा कुनै बेला रेल नचलेको होइन।

एक शताब्दीको इतिहास बोकेको नेपालको रेल सेवा बन्द भएको वर्षौ भइसकेको छ। नेपालमा रेलको जीवित इतिहास बोकिरहेको रक्सौल–वीरगञ्ज–सिमरा–अम्लेखगञ्ज बन्द भएको एक सय वर्ष पुरा भइसकेको छ।

त्यस्तै जनकपुरमा पनि रेल सेवा बन्द भएको आधा दशक भइसकेको छ। बन्द अवस्थामा रहेको भारतको जयनगरदेखि जनकपुर–कुर्ता रेल सेवालाई सुधार गरेर सञ्चालन गर्न ट्रयाक निर्माणपछि नेपाल सरकारको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय भइसकेको छ। तर अझै रेल गुडेको छैन। त्यसका लागि भारतबाट रेल खरिद प्रक्रिया पनि सुरु भइसकेको छ।

नेपालको झण्डासहितको रेल सेवा सञ्चालनको तयारी भए पनि पूर्णता पाउन अझै समय लाग्ने भएको छ। पूर्व-पश्चिम रेल मार्गको निर्माण जारी छ। त्यसैगरी चीनदेखि केरुङ्ग-काठमाडौँ रेल सञ्चालनको योजना सरकारले बनाएको छ। भारतको रक्सौलदेखि वीरगञ्ज हुँदै काठमाण्डौंसम्म रेल गुडाउन सम्भाव्यता अध्ययन भइरहेको छ। थाहाखबरबाट ।

सम्बन्धित खवर

Back to top button