ट्याक्सी भित्रै गरियाे यस्ताे हर्कत

काठमाडौं : बिहीबार राती घर फर्कनका लागि कारमा चढेकी एक २१ वर्षकी युवतीमाथि बला त्कारको प्रयास भयो तर युवतीले हिम्मत देखाउँदै बला त्कारीकोचंगुलबाट जोगिएर भाग्न सफल भइन् । यतिमात्र होइन ती युवतीले बला त्कारीलाई यतिसम्म घा इते बनाएकी थिइन् कि पुलिसले तत्कालै आ रोपीलाई प क्राउ गर्न सफल भयो । घटना भारतको राजस्थान राज्यको जयपुरको हो ।

भारतीय दैनिक अमर उजालाको समाचार अनुसार शहरको आश्रम मार्गबाट चित्रकुट जानको लागि ती युवती ट्याक्सी चढेकी थिइन् । ट्याक्सीमा ड्राइभरका एक जना साथी पनि पहिलेदेखि नै बसिरहेका थिए । ती साथीले युवतीलाई गाडीमै बला त्कार गर्ने प्रयास गरे । युवतीले पनि साहस देखाउँदै ती बला त्कारीको जिब्रो टो केर चुँडाइ दिइन् । त्यसपछि भागेर पुलिस चौकी पुगिन् ।

बला त्कारको प्रयास गर्ने आ रोपी सचिन शर्मा पनि काटिएको जिब्रोको उपचार गराउनको लागि एसएमएस अस्पताल पुगे । युवतीको सूचनाका आधारमा उनी उपचारको लागि आउने आशं कामा सबै अस्पतालमा पुलिस तैनाथ गरिएको थियो । उपचारका लागि गएका सचिनलाई पुलिसले अस्पतालबाटै ट्याक्सी ड्राइभरसहित प क्राउ गर्यो ।

आ रोपी भरतपुरको भएको र जगतपुरामा रियल स्टेट एजेन्टको काम गर्ने बताइएको छ । युवती आगराकी हुन् र चित्रकुट क्षेत्रमा बस्छिन् । उनी बीबीए पढ्दैछिन् र मोडलिङ पनि गर्छिन् । बिहीबार राती करिब सवा एक बजे जन्मदिनको पार्टीबाट निस्किएकी उनले ट्याक्सी बुक गरेकी थिइन् । गाडीमा पहिल्यै ड्राइभरका साथी पनि थिए । उनको बारेमा सोध्दा ड्रइभरले उनी आफ्नो साथी भएको र उनी पनि चित्रकुट नै जानुपर्ने भएकोले साथमा ल्याएको बताएका थिए ।

गाडी सोडाना नजिकै पुगेपछि सचिनले नक्कली पे स्तोल देखाएर युवतीलाई त र्साए त्यसपछि गुडिरहेको गाडीमा अगाडिको सिटबाट उठेर पछाडिको सिटमा गए । युवतीका अनुसार उनी निकै डराएकी थिइन् तैपनि हिम्मत देखाएर उनको जिब्रो टो किदिएर गाडीबाट हा म्फालेकी थिइन् । युवतीको मोवाइल कारमै छुटेको थियो । उनका साथी पटक पटक फोन गरिरहेका थिए तर मोवाइल कारमा भएका कारण सम्पर्क हुन सकेन ।

साथीले पुलिसलाई यसको जानकारी दिए । पुलिसको सन्देस सर्कुलर हुँदा चित्रकुट पुलिसले युवती चौकीमा भएको बतायो । पुलिसले आ रोपीको जिब्रो का टिएकोले अस्पताल जान सक्ने सर्कुलर गर्यो । लगत्तै सबै अस्पतालमा सन्देश पठाइयो । एसएमएस अस्पतालले जिब्रो का टिएको युवक उपचारको लागि आएको पुलिसलाई जानकारी दियो । पुलिसले तत्कालै उनलाई प क्राउ गर्यो ।

सम्बन्धित खवर

Back to top button