छमछमी नचाउने तीज गीतः प्याराकाे मायाले ‘मस्ति बनायाे’ सार्वजनिक (हेर्नुस् भिडियाे)

कावासोती, १४ साउन : नवलपुरको कावासोतीकी चेली लोक गायिका उमादेवि खनालको तीज गीत सार्वजनिक भएकाे छ । नजिकिदै गरेकाे हरीतालिका तीजलाई लक्षित गर्दै गायिका खनालकाे “मस्ती बनायो” गीत सार्वजनिक गरिएकाे हाे ।

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायिका खनालको यो बर्षको तीज कोसेली “मस्ती बनायो” गीत आलाप स्टुडियोको युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे ।

उक्त गीतको शब्द प्रभु लम्सालले लेखेको हुन् भने गीतमा लय र स्वर भने उमादेवी खनालकै रहेको छ।गीतमा रिना थापा,प्रभु लम्साल र कृति थापाको अभिनय रहेको छ।

यस अघि गायिका खनालका स्वरमा रहेका थुप्रै लाेकदोहोरी तथा तीज गीत निकै नै चर्चित छन्। याे गीतलाई पनि दर्शक/स्राेतले मन पराइदिनु हुनेछ भन्ने निकै अपेक्षा गरिएकाे छ ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button