काठमाडौं : अमेरिकाको लस एन्जिलिसमा बस्ने २२ वर्षीय एक व्यक्तिले आफ्नी आमाको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फलोअरहरू छक्क परेका छन् ।
जोनाथन न्गुयेनले ती तस्वीर फेसबूकमा अप्लोड गर्दै आमाले खानपिन र व्यायामका कारण अझैसम्म जवान रूपमा देखिन सकेको लेखे ।
जोनाथनका फलोअरहरू स्तब्ध भए अनि तस्वीरमा देखिएकी महिला उनको बहिनी वा प्रेमिका भएको भन्ठाने । धेरैजसोले लेखे, ‘तिम्री आमा त बहिनी जस्ती देखिन्छिन् ।
के हो रहस्य ?
यो पोस्टमा १४ हजारभन्दा बढी लाइक आइसकेको छ र लगभग ८ हजार कमेन्ट पनि छ ।
जोनाथनले आमाको जवानीको रहस्य खोल्दै टन्न फलफूल खाने र दिनदिनै व्यायाम गर्ने हुँदा आमा सुन्दर देखिएको लेखे । ‘उहाँ दिनदिनै व्यायाम गर्नुहुन्छ र कुनै पनि प्रशोधन नगरिएको खानेकुरा खानुहुन्छ,’ उनले भने ।